प्यूठान । प्यूठान नगरपालिका वडा नं. २ स्थित आरनेटामा गौथन भगवती मनदीर निर्माण गरिएको छ ।
स्थानीयको सक्रियता र वडा कार्यालयको ३० हजार रुपियाा आर्थिक सहयोगमा मन्दीर निर्माण गरिएको हो । चैते दशैको अवसरमा मन्दीरको उद्घाटन गरिएको स्थानीय विजय खड्काले बताउनुभयो ।
मन्दीर उद्घाटन कार्यक्रममा स्थानीय सहभागी भएका थिए । जंगलको बीच भागमा रहेको मन्दीर पर्यटकीय गन्तव्यको रुपमा विकास हुने स्थानीयले अपेक्षा गरेका छन् ।