स्थानीय सरकार

ऐरावतीका महिलाहरुलाई क्षमता बिकास तालिम

प्यूठान । ऐरावती गाउँपालिकाका महिलाहरुका लागि दुई दिने क्षमता बिकास तालिम आजदेखि गाउँपालिकाको कार्यालय बरौलामा शुरु भएको छ ।

तालिममा महिला जनप्रतिनिधि, मेलमिलापकर्ता, महिला संजाल समुहका प्रतिनिधिहरुको सहभागीता रहेको छ । महिला अधिकार, कानुनी ब्यबस्था, महिला उद्यमशिलता, नेतृत्व लगायतका विषयमा प्रशिक्षण दिइने प्रशिक्षक सरु रानाले बताउनुभयो ।

उपाध्यक्ष महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिमको एक कार्यक्रमका बीच उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको आयोजना र स्टार रिपोर्टस प्रालि काठमाडौको सहजिकरणमा तालिम संचालन गरिएको हो ।

Related Articles

Back to top button