प्यूठान । ऐरावती गाउँपालिका-१ दाङवाङको माझिदमारमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिबिरमा स्थानीयले नाक कान, घाती, छाला र मनाेचिकित्सकीय सेवा लिएका छन् । दुई दिन चलेको शिविरमा ३ सय ५२ जनाले सेवा लिएका छन् ।
स्वास्थ्य शिबिरमा एमडिजीपी डाक्टर सन्तोष के सी, नाक कान घाँटी रोग विशेषज्ञ उज्ज्वल मिश्र, जनरल मेडिसिन उदिन आचार्य, मनोचिकित्सक ओमकार ढुंगेल, छाला रोग विशेषज्ञ अस्मिता गौतमले स्वास्थ्य सेवा दिनुभएको स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले गाउँमा उपचार नपाएर बसेका व्यक्तिहरुलाई सहज उपचारका लागि शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले आर्थिक अभावमा रोग लुकाएर बस्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको सहजताका लागि गाउँमा विशेषज्ञ डाक्टर सहितको शिविर सञ्चालन गरिएको बताउनुभयो । आगामी दिनमा पालिकाका अन्य स्थानमा पनि शिविर सन्चालन गर्ने उहाँकाे भनाइ छ ।
एकीकृत स्वास्थ्य शिविरमा पशु आन्तरिक तथा बाह्य परजिवि नियन्त्रण लम्पी स्किन रोग सम्बन्धी ११३ , १ हजार ९ सय ४३ पशुपन्छिका लागी औषधी वितरण गरिएकाे छ । त्यस्तै कृषिमा बालिको नमुना पहिचान गरी आवश्यक निशुल्क बानस्पातिक तथा किटनासक विषादी ८६ जना किसानलाई वितरण गरिएको गाउपालीकाका एम आई एस अपरेटर सागर रिजालले वताउनुभयो ।