प्यूठान, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिन मात्र कोभिड–१९ को प्रत्यक्ष जानकारी दिने भएको छ ।
हाल दैनिक रुपमा मन्त्रालयका प्रवत्ताले प्रत्यक्ष रुपमा जानकारी गराउदै आएकोमा अबदेखिन सातामा दुई दिन आईतबार र बुधबार मात्र हुने भएको हो ।
मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दैनिक अपडेट भने मन्त्रालयको वेभसाईट, सामाजिक सञ्जाल लगायतमा राखिने जानकारी दिनुभयो ।













