> समाज > माण्डवी संस्थाद्धारा माक्स र सावुन वितरण


माण्डवी संस्थाद्धारा माक्स र सावुन वितरण

प्यूठान, २६ चैत्र ।
माण्डवी ग्रामीण विकास संस्था नयाँगाउँले माण्डवी गाउँपालिकाका ५ वटै वडामा हातधुने साबुन र मक्स वितरण गरेको छ । कोभिड १९ को संक्रमणबाट बच्न सन्देश सहित सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष लभ अधिकारीले जानकारी दिनुभयो ।

वडा कार्यालय मार्फत १५०० माक्स र १२०५ साबुन वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नं. १ मार्फत २४६ सावुन र ३०० माक्स, वडा नं. २ मार्फत २४२ साबुन र ३०० माक्स, वडा नं. ३ मार्फत २६८ सावुन र ४०० माक्स, वडा नं. ४ मार्फत २१२ सावुन र ३०० माक्स, वडा नं. ५ मार्फत १९२ साबुन र २०० माक्स वितरण छ ।

त्यस्तै प्रहरी विट तिराम, प्रहरी विट जस्पुर र स्पुर सार्वजनिक शौचालयका लागि १५ वटाका दरले हातधुने सावुन उपलब्ध गराएको छ ।

सामाग्री वितरणका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्नुभएको संस्थाले जनाएको छ । दिपक के.सी.बाट १५०० माक्स, चन्द्रमणि आचार्यबाट २१६, पूर्ण कालाथोकीबाट २१६, दामोदर योगीबाट २१६, गनबहादुर ठेडीबाट ६४८ साबुन सहयोग प्राप्त भएको हो ।

माण्डवी गाउँपालिका–३ दारिमचौरको दलित वस्तीमा आज थप २०० माक्स वितरण गरिने बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका अधिकारीले जानकारी दिनुभयो । यस्तै उहाँका अनुसार गाउँपालिकाको समन्वयमा राहत वितरणमा छुटेका परिवारहरुलाई खाद्यान्न सामाग्री वितरणको तयारी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *