प्यूठान, २९ वैशाख । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३४ पुगेको छ ।
सोमवार बेलुका थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमित हुने १३ जना मध्ये ६ जना कपिलवस्तुका र ६ जना रुपन्देहिका र १ जना बर्दियाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । यस्तै बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
