प्यूठान, १३ भाद्र । देशभर कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ ।
शनिबार ८८४ जना कोरोना सङ्क्रमित थपिएसँगै संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप २४२ महिला र ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ जना रहेका छन् । होम आइसोलेसनमा ६ हजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।
हालसम्म निको भएकाहरू २० हजार ५५५ पुगेको छ ।
