प्यूठान, ०३ जेठ । नेपालमा शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएसँगै हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।
संक्रमित महोत्तरीमा रहनु भएका काभ्रे घर भएका २६ वर्षका पुरुष र महोत्तरीका ५२ वर्षका पुरुष हुनुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङको क्रममा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।
