प्यूठान । माण्डवी गाउँपालिकाको अध्यक्षमा नमराज अधिकारी (रोशन) विजयी हुनुभएको छ । उपाध्यक्षमा पुर्ण कालाथोकी विजयी हुनुभएको छ । अध्यक्षमा अधिकारीले ३६७६ मत प्राप्त गर्नु भयो । प्रतिष्पर्धी नेकपा एमालेका श्रीधर रोकाले ३४१९ मत प्राप्त गनुूभएको छ । त्यसै गरी उपाध्यक्षमा पुर्ण कालाथोकीले ३५८६ मत प्राप्त गर्नुभयो, प्रतिष्पर्धी सम्झना घर्तिले ३३१२ मत प्राप्त गर्नुभएको छ ।
पालिकाको ५ नम्बर वडामा नेकपा एमालेका दुर्गा आचार्य ६९७ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी हुनुभएको छ । माण्डवीमा नेकपा एमाले र त्यस बाहेकका राजनैतिक दलहरु विच चुनावी तालमेल भएको थियो ।






