समाज

उद्यम विकास सहजकर्ता संघ प्यूठान गठन ।

प्यूठान, १५ साउन । प्यूठानमा उद्यम विकास सहजकर्ता संघ गठन भएको छ ।

जिल्लामा रहेका उद्यम विकास सहजकर्ताहरुविच विहिवार भएको भेलाले ९ सदस्यीयसहित उद्यम विकास सहजकर्ता संघ गठन गरेको हो । जुन संघमा अध्यक्ष शान्ता वि.क, उपाध्यक्षमा राममणि थापा, सचिव फुर्स वहादुर नेपाली, कोषाध्यक्ष शुशिला नेपाली र सदस्यहरु धन वहादुर गोतामे, सारदा विश्वकर्मा, सिता रसाईली, शान्ता सुनार, विन्दु के.सी रहेका छन । त्यसैगरी  सल्लाकारमा विजय कुमार श्रेष्ठ, विजय जि सी, निर्मला पोख्रेल, इन्द्रमणि पोख्रेल र रञ्जना श्रेष्ठ रहेका छन् ।

उद्यम विकास सहजकर्ताहरुको हकहितमा वकालतका गर्ने उदेश्यले जिल्लामा उद्यम विकास सहजकर्ता संघ गठन गरिएको नवगठित समितिका सचिव फुर्स वहादुर नेपालीले जानकारी दिनुभयो.। उहाँले भन्नुभयो –“उद्यम विकास सहजकर्ता उद्यमशिलताको क्षेत्रको मेरुदण्ड रहेको तर राज्य स्तरवाटै उद्यम विकास सहजकर्ताहरुको श्रमको उचित मुल्याङ्कन र जागिरको सुनिश्चितताका लागि उद्यम विकास सहजकर्ता स्वयम् आवाज उठाउनुपर्ने भएकोले सम्वन्धित निकायलाइ ध्यानाकर्षण गराउने संघको उदेश्य रहेको छ ।”

Related Articles

Back to top button