> स्थानीय सरकार > माण्डवीका शिक्षकलाई परिमार्जन भएको पाठ्यक्रम सम्वन्धी तालिम


माण्डवीका शिक्षकलाई परिमार्जन भएको पाठ्यक्रम सम्वन्धी तालिम

प्यूठान । माण्डवी गाउँपालिकाले पालिका भित्रका विद्यालयका शिक्षकलाई परिमार्जन भएको पाठ्यक्रम सम्वन्धी तालिम दिएको छ । कक्षा ४, ७ र ९ को परिमार्जन भएको पाठ्यक्रमको बारेमा तालिममा जानकारी गराइएको हो ।

 

शिक्षा विकास तथा समन्वय इकाइको सहयोग र माण्डवी गाउँपालिकाको आयोजनामा भएको तालिममा ६५ जना शिक्षकको सहभागिता थियो । नयाँ पाठ्यक्रम पठनपाठन भइरहेको र त्यसबारेमा शिक्षकलाई जानकारी गराउन तालिम आयोजना गरिएको शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिनुभयो । यसअघि जिल्लाका पालिकाका शिक्षा शाखा प्रमुख लगायतलाई उक्त तालिम दिइएको थियो ।

गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको तालिमको सहजीकरण प्यूठान नगरपालिकाका शिक्षा अधिकृत वासुदेव पण्डित, झिमरुक गाउँपालिकाका शिक्षा अधिकृत मोहन बुढा क्षेत्री र माण्डवी गाउँपालिका अन्र्तगतका रोष्टर विज्ञ शिक्षकले गरेका थिए ।