प्यूठान । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्यूठानमा उद्यमी सम्मानित भएका छ्न । सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
न्यौपाने चाउमिन उद्योग प्यूठान नगरपालिका – १० का ईश्वरी पौडेल र प्रगतिशिल ढाका उद्योग समुह माण्डवी गाउँपालिका-२ लाई सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका सूचना अधिकारी चम्पक श्रेष्ठले जानकारी दिनुभयो ।
`औद्योगिक वतावरण सुधार दिगो अर्थतन्त्रको आधार´ भन्ने मुल नारा सहित दिवस मनाइएको हो ।





