प्युठान । स्वर्गद्वारी प्युठान पाँचौ महोत्सव २०७९ को अवसरमा आयोजित टिकटक प्रतियोगिताको पुरस्कार बितरण गरिएको छ । आज महोत्सव समापनको अवसरमा उत्कृष्ट ८ जनालाई नगद सहित पुरस्कार प्रदान गरिएको हो ।
महोत्सव शुरु हुनुभन्दा अघि उत्कृष्ट टिकटक बनाउने र महोत्सव अबधिमा टिकटक बनाउने गरी दुई बिधामा पुरस्कार दिईएको डिजिटल मेला महोत्सव प्रवर्द्धन समितिका अध्यक्ष डिल्लीराज पराजुलीले जानकारी दिनुभयो ।
महोत्सव हुनुभन्दा अघि बनाएको टिकटकबाट उत्कृष्ट हुने पदम बहादुर केसीले १५ हजार रुपियाँ सहित प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
त्यसैगरी इन्द्र आचार्यले ५ हजार नगद सहित पुरस्कार पाउनुभएको छ । सान्त्वना पुरस्कार बिस्नु पोख्रेलले ३ हजार र बिबेक लिम्बुले ३ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
महोत्सव अबधिमा टिकटक बनाउने गोकुल नकर्मीले प्रथम पुरस्कार १५ हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।
त्यसैगरी दित्तिय पुरस्कार रबि चन्दले १० हजार, तृतीय पुरस्का प्रकाश जिसिले ५ हजार रुपियाँ पाउनुभएको छ । शान्त्वना नितु मगरले ३ हजार रुपियाँ पुरस्कार पाउनुभएको छ ।
यो प्रतियोगिताले महोत्सवको प्रचारप्रसारमा ठुलो सहयोग पुगेको सह-संयोजक एलबी थापाले बताउनुभयो । आगामी दिनमा यस प्रकारको कार्यक्रम अरु बेला पनि गर्न प्रेरणा मिलेको उहाँको भनाई छ ।