राष्ट्रिय

जो जहाँ छ अनिवार्य त्यहि बस्नु : प्रशासन

प्यूठान, २ बैशाख ।
कोरोना भाईरस (कोभिड १९)को बढ्दो संक्रमण रोकथामका लागि नेपाल सरकारद्धारा जारी लक डाउनको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै लक डाउनको समयमा पैदलबाट मानिहरु आ–आफ्नो जिल्ला गईरहेकोले त्यसलाई रोक्न भनेको हो ।

सूचनामा भनिएको छ, ‘मानिस प्रस्थान गर्ने शुरु विन्दुको जिल्लाले रोक्ने प्रयास समेत नगरेको तथा कतिपय जिल्ला भई जाने सडक मार्गमा अनुमति विनाका सवारी साधन समेतले मानिसहरु ओसार पसार गरिरहेको भन्ने बुझिएकोले तत्काल जो जहाँ रहेका छन् अनिवार्य रुपमा त्यहि स्थानमा रहने÷राख्ने व्यवस्था मिलाउन निर्देशन भए अनुसार जो जहाँ हुनुहुन्छ अनिवार्य रुपमा त्यही स्थानमा रहनुभई सहयोग पु¥याउनु हुन अनुरोध छ ।’

जो जहाँ छ त्यहि रोक्नु पर्ने भन्दै गृह मन्त्रालयले परिपत्र गरेपछि प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।
प्यूठान भित्रिने क्रम रोकिएको छैन । मानिसहरु पैदल मार्ग, एम्वुलेन्स जस्ता साधन प्रयोग गरी जिल्ला भित्रिएको पाईएको छ । अव जो जहाँ छन् त्यहि व्यवस्थापन गर्नुपर्ने जरुरी भएको छ ।

Related Articles

Back to top button