> आर्थिक/बिकास > प्यूठानमा थप ५ वटा पक्की पुल बन्ने, डीपीआर बनाएर यसै वर्ष प्रक्रियामा जाने


प्यूठानमा थप ५ वटा पक्की पुल बन्ने, डीपीआर बनाएर यसै वर्ष प्रक्रियामा जाने

प्यूठान । जिल्लामा थप ५ वटा पक्की पुल निर्माण हुने भएको छ । भालुवाङ-बाग्दुला-भिमगिठे सडक क्षेत्रमा पर्ने पाँच वटा पुल निर्माणका लागि सडक विभागमा माग गरेपछि विभागले सडक पुलको लागि प्रक्रिया थाल्ने जनाएको हो ।

सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले सडक पुलहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न पुल महाशाखालाई निर्देशन गरेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । डीपिआर तयार भएपछि यसै वर्ष निर्माणको प्रक्रियामा अघि बढ्ने पोख्रेलले प्यूठान समाचारलाई बताउनुभयो ।

 


उपाध्यक्ष पोख्रेलले दहखोला पुल मरन्ठाना, गर्तङखोला पुल मच्छी, हंगदखोला पुल आहालखोला, खुङ खोला पुल ठुलावेशी, अग्लुङ खोला पुल अग्लुङ बजारमा निर्माण गर्नका लागि माग पेश गर्नुभएको हो । भालुवाङ-बाग्दुला-भिमगिठे सडक ठेक्का प्रक्रिया हुन लागेकोले पुललाई समेत समेट्न माग गरिएको पोख्रेलले बताउनुभयो । उक्त पुल छुट्टै बनाउनुपर्ने भएकाले तत्काल डिपिआरको काम अघि बढाउन विभागले प्रक्रिया अगाडी बढाएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *