समाज

उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, पहिलो चरणको कार्यक्रम उत्साहजनक : मुख्य निर्वाचन अधिकृत

प्यूठान । प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलगत अनुसार परेको मनोनयनका उम्मेदवारहरुलाई दलकै चुनाब प्रदान गरेको हो ।

 

निर्वाचन आयाेगले जिम्मेवारी तोके अनुसार पहिलो चरणकाे कार्यक्रम उत्साहजनक ढङ्गबाट सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले बताउनुभयाे ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा बिघटित प्रतिनिधि सभाका सदस्य सुर्य थापा सहित १४ राजनीति दलले एक्ला एक्लै प्रतिष्पर्धा गर्ने भएका छ्न ।

Related Articles

Back to top button