प्यूठान, १८ साउन । आफ्नो जन्मदिनको अवसर पारेर दाङ बंगलाचुली गाउँपालिका ४ निवासी युवा हिमाल महराले रक्तदान गर्नुभएको छ ।
बंगलाचुली क्रिकेट समन्वय समितिका संयोजक एवं स्टार युवा क्लबका कोषाध्यक्ष महरा सिस्ने अनलाइनसँग आबद्ध उहाँले रक्तदान नै जिवन दान हो भन्ने मान्यताका साथ आफुले जन्म दिनको अवसरमा रक्तदान गरेको वताउनुभयो ।
जन्मदिनको अवसरमा पहिलो पटक रक्तदान गरेको हुँ, उहाँले भन्नुभयो –“कोहि कसैलाइ उपचारमा रगत अभाव नहोस् भन्ने उदेश्यले मैले रक्तदान हुँ” ।
उहाँले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसन्चार केन्द्र घोराहि शाखामा पुगेर रक्तदान गर्नुभएको हो ।
