भिंगृ । स्वर्गद्वारीको आधार शिविर भिंगृमा पुस १८ गतेदेखि महोत्सव संचालन हुने भएको छ । प्यूठान उद्योग बाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको आयोजनामा हुने महोत्सव २९ गतेसम्म संचालन हुनेछ ।
यसअघि पुस ९ गतेदेखि महोत्सव संचालन गर्ने बजार क्षेत्रले निर्णय गरेपनि विविध कारणले केहि दिन पछि सारिएको आयोजकले जनाएको छ । स्वर्गद्धारी नगरपालिका सहित प्यूठान जिल्लामा रहेका स्थानीय पालिकाहरु, प्यूठान उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायहरुको समन्वयमा महोत्स संचालन गर्न लागिएको बजार क्षेत्रका अध्यक्ष विष्णु योगीले बताउनुभयो ।
यहाँको पर्यटन प्रवद्र्धन, आर्थिक, सामाजिक, सांस्कृतिक र कृषि लगायत समग्र माडी क्षेत्रको विकासमा सम्वन्धित निकायको ध्यानाकर्षण गराउन, आन्तरिक उत्पादनको बृद्धि र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवका अवसरमा डान्स आईडल समेत संचालन हुनेछ ।
