प्यूठान, २० भदौ । नेपाल पत्रकार महासंघ प्यूठानले स्थापना गरेको ‘पत्रकार कल्याणकारी कोष’ मा राज डेकोर होमले रकम सहयोग गरेको छ ।
प्यूठान नगरपालिका-४ स्थित राज डेकोर होमका सन्चालक झबिन्द्र शर्माले कोषमा २५ हजार रुपियाँ सहयोग गर्नुभएको हो । ब्यबसाय सन्चालन गरेको एक दशक पुरा भएको अवसरमा कोषमा रकम थप गरेको सन्चालक शर्माले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ प्यूठानले स्थापना गरेको कोषलाई कम्तीमा १० लाख रुपियाँ पुर्याउने लक्ष्य रहेको अध्यक्ष सन्जय रिजालले बताउनुभयो । उहाँले कोषलाई रकम हस्तान्तरण गरेकोमा सन्चालक शर्मालाई धन्यवाद दिनुभयो ।
प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा बिजुवार जुम्रीमा कार्यक्रम गरिएको थियो ।