प्यूठान । प्यूठान उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ को आय-ब्यय सार्बजनिक गरेकोछ । शनिवार बिहान पत्रकार सम्मेलन गरेर बजार क्षेत्रले आम्दानी-खर्च सार्बजनिक गरेको हो ।
महोत्सवमा प्रत्यक्ष रुपमा करिव ६० लाखको कारोवार भएको बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले जानकारी दिनुभयो । ५९ लाख ७० हजार ७४० रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ५६१ रुपैयाँ बचत रहेको उहाँले बताउनुभयो । केही निकायबाट सहयोग रकम आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
बचत रकमबाट बिजुवारमा बजार क्षेत्रको सचिवालय भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष खानले बताउनुभयो ।
प्रायोजन, स्थानीय सरकार लगायत विभिन्न निकायबाट आउनुपर्ने सहयोग रकम ढिलो गरि प्राप्त भएकाले सार्बजनिक गर्ने कार्यक्रम ढिलो हुन गएको संघले जनाएको छ ।
महोत्सव अवधिभर ८० हजार भन्दा धेरै दर्शकहरुले अवलोकन गरेको र २ करोड बढिको कारोवार भएको बजार क्षेत्रका सचिव कमल पौडेलले बताउनुभयो ।
पुस ५ गतेदेखी १७ गतेसम्म प्रस्तावित प्रदर्शनी स्थल टिकुरीमा महोत्सव चलेको थियो ।
