खेलकुदस्थानीय सरकार

नौबहिनीमा भएको पाँचौं राष्ट्रिपति रनिङ्गशिल्डमा गंगा माबि प्रथम, दुर्गा माबि द्धितिय र शिव माबि तृतिय

बाहाने । नौबहिनी गाउँपालिकाले पाँचौं राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।

 

९ स्वर्ण, ४ रजत र ३ कास्य सहित जम्मा १४ पदक जितेर गंगा माबि बाहानेले प्रथम स्थान हाँसिल गरेको छ । ६ स्वर्ण, ७ रजत, २ कास्य पदक सहित जम्मा १५ पदक जितेका दुर्गा मावि खवाङ्ग द्धितिय र ३ स्वर्ण र १ कास्य सहित जम्मा ४ पदक विजेता शिव माबि स्याउलिवाङ्ग तेश्रो भएका छन् ।

 

जम्मा ११ माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा नेरा माबि गोगनपानिले ४, अन्धनासक माबि लिघाले २, बराह माबि झिम्पले १०, नेरा माबि डामृले ४, गाबै माबि गाबैले २, जनज्योति माबि लुङ्गले ८, अम्बिका माबि फोप्लीले ५ र लुप्लुङ्ग माबि लुप्लुङ्गले ७ पदक जितेका छन् ।

 

बाहानेमा भएको प्रतियोगिता ४ दिनसम्म चलेको थियो ।

Related Articles

Back to top button