राष्ट्रिय

प्यूठानमा एक महिला सहित १४ जनाले गरे मनोनयन दर्ता

विजयसिंह भारती । प्यूठान
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्यूठानमा १४ जनाले उमेदवारी दर्ता गराएका छ्न ।

मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीका अनुसार नेकपा (एमाले)बाट सुर्य थापाको उम्मेदवारी परेको छ । थापा पार्टीका केन्द्रिय सदस्य तथा बिघटित प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ । २०७९ को निर्वाचनमा पाँच दलिय गठबन्धनका राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पाँच हजार बढि मतान्तरले पराजित गर्नुभयो ।

 

नेपाली कांग्रेसकाबाट डा.गोविन्दराज पोख्रेलको उमेदवारी परेको छ । पोख्रेल पार्टीका पुर्व केन्द्रिय सदस्य तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष हुनुहुन्छ । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा जनमोर्चाकी उमेदवार दुर्गा पौडेलसँग पराजित भएका थिए ।

 

त्यस्तै राष्ट्रिय जनमोर्चाले तिलक बहादुर जिसीलाई अघि सारेको छ । जिसी झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष र नेकपा मसालको लुम्विनी प्रदेश प्रबक्ताको जिम्मेवारीमा हुनुहुन्छ ।

 

नेपाली कम्युनिष्ट पार्टीबाट लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य कृष्णध्वज खडकाको उमेदवारी परेको छ । खड्का प्रदेश सरकारका पुर्व अर्थमन्त्री समेत हुनुहुन्छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले युवा उम्मेदवारलाई चुनावमा भिडाउने भएको छ । पार्टीका तर्फबाट सुसान्त बैदिकले मनोनयन दर्ता गराउनुभयो ।

 

नेकपा माओबादीबाट सिता बि.क., श्रम संस्कृती पार्टीबाट गोविन्द गिरी, नेपाली जनता दलका बिमल पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टिका धनेश्वर पण्डित, प्रगतिशिल लोकतान्त्रिक पार्टिका श्यामलाल गहतराज, नेकपा संयुक्तका नविन कक्षपती, मंगोलियन नेश्नल अर्गनाइजेसनबाट हर्कबहादुर पुन, आम जनता पार्टीबाट रोमबहादुर थापा, नेश्नल रिपप्लिक पार्टीबाट तारा सिं थापाले मनोनयन दर्ता गराएका छ्न ।

Related Articles

Back to top button