साहित्य सृजना

गजलमार्फत सबैलाई स्वस्थको गर्दछु कामना -कोराना विशेष गजल

कोराना विशेष गजल

शिशिर के सी 
स्वर्गद्धारी नगरपालिका-८                                                             

कस्तो छ गाउँमा सुन्छु अप्रिय खबरहरु
कोरानाले गर्दै हराए मनमा भएका रहरहरु

इटाली, स्पेन र अमेरिकाको उदाहरणदेखि
सबैको मनमा उब्जिएका छन अनेक डरहरु

स्वस्थ रहौ, आफू अनि आफ्नो समुदायपनि
ख्याल गर्दा आफ्नो नदेखिन सक्छन असरहरु

गजलमार्फत सबैलाई स्वस्थको गर्दछु कामना
विपतीमा सबैको मन रुन्छ छैनन मन पत्थरहरु

Related Articles

Back to top button