प्यूठान । पहिरोले घर बगाउँदा पुरिएका तीन जनाको शव फेला परेको छ । माण्डवी गाउँपालिका-४ फरिण्डेमा आज स्काभेटरको सहायताले शव निकालिएको हो ।
बोम बहादुर राहुँमगर, हिरा बहादुर राहुँमगर र सुशान्त थापामगरको शव निकालिएको छ । यसअघि ३ जनाको शव भेटिएको थियो । शव निकाल्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोलि समेत खटेको थियो ।
