साहित्य सृजना

म त

ध्रुव गिरी
उपाध्यक्ष, प्रलेस लुम्बिनी प्रदेश

भ्रष्टलाई मतदान गरि भ्रष्टाचार गर भनेर अनुमती दिने
आफ्ना काम पट्यान घुस खुवाउन पछि नपर्ने
रक्सीको घुट्की अनि मासुको चौटोमा स्वाभिमान बेच्ने
म भ्रस्टको कठपुतली पागल नेपाली  मान्छे त हु

गाउँमा बिकासको नाममा आउने बजेट बिल मिलाएर खाने
सरकारी तलवले नपुगेर एकै दिनमा ४ थरी भत्ता बुज्ने
आफ्नो भए नभएको पनि सिफारिस , फरक भए झुलाउने
जनप्रतिनिधि भनाउदो नक्कली नेपाली त हु म

 

सरकारी जागिर खाएर बाषिक करोडौं सम्पत्ति कमाउने
गाउँघरको रवाफ मात्रै होइन सहरमा अलिशान महल बनाउने
स्रोत बिनाका सम्पती आर्जन गरि सबैका सामु रबाफ देखाउने
मुस्कान सहितको सेवा प्रदान गर्ने रास्ट्रसेवक कर्मचारी त हुँ

 

अझै सुन्नुस जेन जेडका नाममा आन्दोलनको पछि लाग्ने
सार्वजनिक सम्पत्तिको सर्वनास गर्ने अनि अभिलेखमा आगो झोस्ने
सच्चा पार्टीको बफादार कार्यकर्ता निर्दोष आमाको काख रित्तो पार्न प्रेरक बन्ने
अन्धभक्त  नेताको बफादार पागल झोले त हु म

Related Articles

Back to top button