> समाज > महिला उद्यमशिलतामा जोड दिँदै तीज गीत प्रतियोगिता सम्पन्न (तस्विरहरु)


महिला उद्यमशिलतामा जोड दिँदै तीज गीत प्रतियोगिता सम्पन्न (तस्विरहरु)

प्यूठान । महिला उद्यमशिलतामा जोड दिँदै तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । नगर स्तरीय महिला सञ्जाल प्यूठान नगरपालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा भएको प्रतियोगितामा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था माझकोट प्रथम भएको छ ।

 

प्रतियोगितामा भुमेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था क्वाडी दोश्रो र शिवशक्ति महिला बहुउद्देश्यीय सहकारी संस्था खैराले तेश्रो स्थान हाँसिल गरेका छन् ।

 

प्रतियोगितामा १० वडाका १० समुहको सहभागीता रहेको थियो ।