> राष्ट्रिय > प्रहरी प्रमुख सहित चारजनालाई प्युठानमा स्वागत


प्रहरी प्रमुख सहित चारजनालाई प्युठानमा स्वागत

प्युठान । निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था प्युठान उद्योग वाणिज्य संघले नव आगन्तुक जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक ईश्वर थापा सहित चार जनालाई स्वागत गरेको छ ।

 

संघले सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषाल, करदाता सेवा कार्यालय प्युठानका कार्यालय प्रमुख उपेन्द्र पुन र प्रहरी निरिक्षक हुमानन्द खनाललाई स्वागत गरेको हो ।

 

स्वागत तथा परिचायात्मक कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संघका पुर्व अध्यक्ष ईमानसिंह भारतीले संघको संक्षित परिचय सहित मन्तव्य राख्नु भएको थियो ।

 

कार्यक्रममा संघका अध्यक्ष पुशपति नारायण नकर्मी, निवर्तमान अध्यक्ष केदारमान कक्षपति लगायत जिल्लाका व्यापारी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *