> समाज > नरैनापुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


नरैनापुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्यूठान, २० जेठ । बास केन्द्रीय कार्यालय नेपालगञ्जले कोरोना भाईरसको उच्च जोखिममा रहेको बाँकेको नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

बासले नरैनापुर गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुका लागि ४०० थान सर्जिकल मास्क र ५० थान सेनिटाईजर सहयोग प्रदान गरेको हो । बासद्धारा सञ्चालित नरैनापुरका लागि सहयोग अभियान अन्र्तगत सो सहयोग प्रदान गरिएको हो ।

अभियान अन्र्तगत बिभिन्न व्यक्तिहरुबाट संकलित रकमबाट सो सहयोग गरिएको हो । अभियान अन्र्तगत आवश्यकता अनुसार नरैनापुर गाउँपालिकाका क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै जाने बासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *