> राजनीति > मुख्यमन्त्री सहितको टोलिले गर्‍यो माण्डवीको पहिरोको स्थलगत अबलोकन


मुख्यमन्त्री सहितको टोलिले गर्‍यो माण्डवीको पहिरोको स्थलगत अबलोकन

प्युठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीले माण्डवी गाउँपालिका-२ धनचौरको पहिरोको स्थलगत अबलोकन  गर्नुभएको छ । आज बेलुका मुख्यमन्त्री केसीले घटनास्थल पुगेर पहिरोबाट विस्थापित भएका घरपरिवारको अवस्था बुझ्नुभएको हो ।

माण्डवी गाउँपालिका-२ को पुकरुक, धनचौर बस्तीमा पुगेर विस्थापित परिवारलाई भेट गर्नुभएको छ । घटनास्थलको अवलोकन पछि मुख्यमन्त्री केसीले पहिरो गएको ठाउँको भौगोलिक अवस्थाबारे भूगर्व विदलाई ल्याएर अध्ययन गरिने बताउनुभयो । त्यस स्थानमा बस्न मिल्ने/नमिल्ने अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाई छ ।

घटनास्थलमा पुग्नुभएका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पहिरोबाट पिडीत तथा विस्थापितलाई स्थानीय सरकारसँगै प्रदेश सरकारले थप राहत उपलब्ध गराउने बताउनुभएको छ । मुख्यमन्त्री सहितको टोली तिराम-बंगलाचुली-पुकरुकको बाटो भएर घटनास्थल पुगेको थियो । आईतबार गएको पहिरोले धनचौरमा आठ घर पूणर् रुपमा क्षति भएका छन् । ४९ घर पहिरोका कारण विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *