> खेलकुद > दोस्रो झिमरुक राष्ट्रपति रनिङ्गशिल्ड प्रतियमेगिता सुरू


दोस्रो झिमरुक राष्ट्रपति रनिङ्गशिल्ड प्रतियमेगिता सुरू

वासुदेव गिरी
प्युठान । झिमरुक गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियाेगिता शुक्रबारदेखि सुरू भएकाे छ । प्रतियाेगिताकाे लुम्बिनी प्रदेश कृषी तथा भुमी ब्यवस्था मन्त्री माननीय तुल्सिराम शर्माले उद्घाटन गर्नुभयाे ।


उद्धाटन कार्यक्रमलाई सम्बाेधन गर्दै कृषी तथा भुमी ब्यवस्था मन्त्री माननीय शर्माले शिक्षा र खेलकुद विकासलाई प्राथमिकता दिने बताउनुभयाे । उहाँले राम्रो खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । विद्यालय तहमा खेलाडी उत्पादनका लागि सबै तहका सरकारहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो । सबै भन्दा पहिला मानविय विकास महत्वपूर्ण रहेकाे भन्दै मानविय विकासलाई जाेड दिने बताउनुभयाे । प्युठान जिल्ला कृषिको प्रचुर सम्भावना भएको जिल्ला रहेकोले यस तर्फ देखिने गरि कृषकले अनुभुती गर्ने गरि किसान लक्ष्यित कार्यक्रम बनाउने बताउनुभयो ।


उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले बालबालिकाकाे सर्वाङ्गिर्ण विकासका लागि विधालय उमेरदेखि नै खेलकुद, संगित जस्ता क्रियाकलापमा विद्यार्थी भाइबहिनीहरुलाई उपयुक्त वातावरण सृजना गरिदिनुपर्ने बताउनुभयाे ।


कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जिसीले बालबालिकाको चौतर्फी बिकासको लागि अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुने भएकोले बिधालय स्तरबाट खेलकुद संगीत डान्स जस्ता विद्यार्थीको रुचिको बिषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारले प्रत्येक बिद्यालयहरुमा खेलकुदलाई महत्त्व दिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।
उहाँले भन्नू भयो, “खेलको माध्यम बाट गाउँ समाज जिला प्रदेश राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तर सम्म देश लाई चिनाउने माध्यम भएकोले यस तर्फ सबै सरकारहरुले लगानीको दायरा बढाउनु पर्छ ।”

त्यस्तै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्वस्थ जनशक्तिको माध्यमबाट झिमरुकको समृद्धि हासिल गर्न सकिने भएकोले शारीरिक, मानसिक रुपमा स्वास्थ्य रहन खेलकुद अपरिहार्य भएको बताउनुभयो। पालिकाको समृद्धिको लागि सबैको सहकार्य महत्त्वपूर्ण हुने भन्दै एकमना एकताका साथ लाग्नुपर्ने उहाँको भनाइ छ ।

प्रतियाेगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यामिक तह अन्तरगतका सामुदायिक विधालयबाट खेलाडीको सहभागिता रहेकाे शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रतियाेगितामा एथलेटिक्सका विभिन्न विधा, भलिवल लगायतका खेलहरू खेलाईनेछ ।

 

प्रतियोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, लगायतका खेलमा चार सय खेलाडी खेल सहभागी रहेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाडीले स्वागत पीटी प्रदर्शन, स्वागत गितको प्रस्तुति देखाएका थिए । बिजेता खेलाडीलाई प्रमाणपत्र मेटल शिल नगद प्रदान गरिने छ ।

झिमरुक गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियाेगिता झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कृषी तथा भुमी ब्यवस्था मन्त्री माननीय तुल्सिराम शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रमोद पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम संचालल शिक्षा शाखा प्रमुख मोहन बिसीले गर्नुभएको थियो। कार्यालय वडा अध्यक्ष जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, खेलाडी, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, पत्रकार लगाएको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *