ऊ
अनि म
हरेक साँझ
त्यो चिया पसल मा
भेट हुन्थ्यो ,
ऊ
पसल पुग्न साथ
भन्ने गर्थि
दाई
दुई चिया
एउटा कालो अर्को सेतो ,
हल्का रङ कडा ,
एउटै बेन्च मा बस्दै
म
तिर फर्कदै
आँखामा आँखा मिलाउदै
भन्ने गर्थि,
भोलि हाम्रो भान्सा मा
यस्तै चिया बनाउन पर्छ ,
तर
अफसोच त्यो चिया
आजकल अर्कै को भान्सा मा
पाकिराखेको हुन्छ !
लभ अभिकारी
माण्डवी गाउँपालिका ३ प्यूठान
