> साहित्य सृजना > लकडाउनमा चित्र कोर्न सिक्दै छु


लकडाउनमा चित्र कोर्न सिक्दै छु

नमस्ते मेरो नाम अमर बस्नेत हो । म वर्जिवाङ नाइस एकेडमीमा कक्षा २ मा पढ्छु । मेरो घर प्यूठान वर्जिवाङमा पर्छ । म अघिल्लो वर्षसम्म मावल मै वसेर पढ्थे । मैले परीक्षा सकिएसँगै मावल जाने मन लागेको थियो तर जान पाइन ।

अहिले यो परीक्षा पछिको विदाको समय घर मै बहिनि र परिवारसँगै खेलेर विताइरहेको छु । म सानैबाट मावल मै बस्र्थे मावल जान नपाउदा कहिले जान पाउने होला भनेर आमालाइ सोधिरहन्छु । नेपाल बन्द छ मान्छेहरु खासै बाहिर आउदैनन् आमाले भन्नु हुन्छ लकडाउनको पालना हामी सबैले गर्नुपर्छ रे । बुवाले पनि विदेशबाट फोन गरेर घरबाहिर साथिसँग खेल्न नजान भन्नु भाको छ । म अहिले घरमा बसिरहेको छु । अहिले मलाइ स्कुलका ति साथिहरुसँग स्कुल जान मन लागेको छ । हजुरआमा हजुरबुवाले फोन गरिरहनुहुन्छ बन्द खुल्यो भने मावल आइजा भन्नु भाको छ ।

आमाले बाहिर जान भन्दा पढ् भन्नुहुन्छ । मैले भने चित्र बनाउन सिक्दै छु । बहिनिलाइ पढ्न सिकाउछु । रिजल्ट आएको छैन । २ कक्षाको किताब पढ्न मन लाग्दैन म पक्कै पास हुन्छु होला । अब बन्द खुलेपछि ३ कक्षाको किताव पढ्न सुरु गर्छु ।
मैले हाम्रो स्कुल, फुल, भगवानको चित्र बनाउन सिक्दै छु । सबैलाइ सम्झन्छु यो महामारी छिट्टै नैै हराउनेछ र साथिहरुसँग भेट्न र रमाउन पाइनेछ । सबै साथिहरुलाइ बन्दमा घरभित्र केहि न केहि गर्न सिक्नुहोला । धन्यवाद

अमर बस्नेत
कक्षा २
नाइस एकेडमी
वर्जिवाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *