> साहित्य सृजना > बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता सम्पन्न


बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता सम्पन्न

प्यूठान, २९ भाद्र । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुचना मिडिया प्रा.लीले आयोजना गरेको अनलाइन निवन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

बाल दिवस २०७७ कोे अवसरमा घरमा वसिरहेका बालबालिकाको लेखनमा विकास गर्ने उदेश्यले सुचना मिडिया प्रा.लीले सञ्चालन गरेको कोरोनाले वालवालिकाहरुको शिक्षामा पारेको प्रभाव विषेयक अनलाइन निवन्ध प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ ।

जसमा ३० जना बालबालिकाले सहभागिता जनाएको सुचना डवली मिडिया प्रा.लीका अध्यक्ष शिशिर के.सीले जानकारी दिनुभयो । जसमा बर्दिया बासगढि नगरपालिकाका १७ वर्षिय कृष्ण चापागाई प्रथम, कास्की पोखरा महानगरपालिकाकी १४ वर्षीय कृति सिग्देल द्वितिय र प्यूठान स्वर्गद्वारी नगरपालिकाकी १५ वर्षीय स्नेहा रेग्मी तेस्रो भएका छन् । प्रथम, द्वितिय र तृतियलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

भाषिक शुद्धता, विषय लेखन र शव्द छनोटलाइ आधार मानेर मुल्याङ्कन गरिएको प्रा.लीका अध्यक्ष के.सीले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *