प्यूठान । विद्यालय शिक्षा सम्वनधी कानुन संशोधनका लागि तयार भएको मस्यौदाका केहि बुँदाहरुमा असहमति जनाउँदै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्यूठानले सुधार गर्नुपर्ने माग अघि सारेको छ ।
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्ययेक २०८० मा समेटिएका केहि बुँदाहरु संशोधन गर्नुपर्ने आवश्यक रहेको प्याब्सन प्यूठान नगर कार्यसमितिका सचिव सरद गौतमले बताउनुभयो ।
प्याब्सनले नीजि विद्यालयहरुलाई क्रमशः गैर नाफा मुलक बनाउने, पूर्ण छात्रबृत्ति, १० प्रतिशत छात्रबृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने, छात्रबृत्ति अन्तरगत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने जस्ता व्यवस्था सच्चाउनुपर्ने माग अघि सारेको छ ।
प्याब्सनको राष्ट्रिय कार्यक्रम अनुसार पालिका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाउने गरिएको सचिव गौतमले जानकारी दिनुभयो । केन्द्रीय समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।











