> समाज > कोरोना संक्रमित ४२ हजार पुग्यो, प्यूठानमा पनि थपिए


कोरोना संक्रमित ४२ हजार पुग्यो, प्यूठानमा पनि थपिए

प्यूठान, १८ भाद्र । देशभर कोरोना संक्रमित ४२ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विहीबार गरेको प्रेस ब्रिफिङमा थप १ हजार २२८ जना कोरोना संक्रमित थप भएका छन् । यससँगै संक्रमित हुनेको संख्या ४२ हजार पुगेको छ ।

यसैबीच, जिल्लामा २ जना संक्रमित थप भएका छन् । प्यूठान नगरपालिकाका २५ वर्षीया महिला र ४२ वर्षीय पुरुष रहेका छन् । यससँगै संक्रमितको संख्या ४५६ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *