प्यूठान, १८ असार । निजामती सेवा ऐन संशोधन गरी कर्मचारीको सेवा, सुविधा र बृत्तिविकासमा अवरोध सिर्जना गर्न लागेको भन्दै प्यूठानका कर्मचारीहरुले विरोध जनाएका छन् ।
ऐन संशोधन गर्न कर्मचारीसँग सम्वन्धीत संगसंगठनहरुसँग छलफल नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।
आज निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति प्यूठानले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष माग पत्र बुझाएको छ ।
मागहरु पुरा नभए सेवा अवरोध सम्मको आन्दोलनमा उत्रनुपर्ने बाध्यता भएको युनियनका कार्यवाहक अध्यक्ष हुतराज भट्टराईले बताउनुभयो ।