> राष्ट्रिय > प्युठान-भालुवाङ सडक खुल्न अझै केहि दिन लाग्ने, तिराम-मुर्कुटीको बैकल्पिक बाटो प्रयोग


प्युठान-भालुवाङ सडक खुल्न अझै केहि दिन लाग्ने, तिराम-मुर्कुटीको बैकल्पिक बाटो प्रयोग

प्युठान । प्युठान- भालुवाङ सडक खण्डको गर्जेनीमा झरेको पहिरो हटाउन समय लाग्ने भएकाले बैकल्पिक बाटो प्रयोग गरिएको छ । ठूलो पहिरो गएकाले बाटो खुलाउन समय लाग्ने भएपछि बैकल्पिक बाटो प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो ।

 

‘माथीबाट पहिरो झरिरहेको छ,’ उहाँले भन्नुभयो,’४ वटा मेसिनले निरन्तर काम गरिरहेको छ ।’ जतिसक्दो छिटो बाटो खुलाउन प्रयासरत रहेको उहाँको भनाई छ । स्थलगत अध्ययन गरेर फर्किएको बताउँदै उहाँले पहिरो सफा गर्न अझै ४/५ दिन लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

बुधवार राती करिब १० बजे ठुलो पहिरो गएपछि उक्त सडक खण्डमा आवत जावत ठप्प छ । मुख्य बाटो बन्द भएपछि बैकल्पिक बाटोको रूपमा प्रयोग गरिएको गौमुखी स्वर्गद्वारी यातायात प्रालिका महासचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । तिराम-मुर्कुटी-दाङको बाटोबाट गाडी चलेको उहाँले बताउनुभयो ।

 

मुख्य बाटो बन्द हुँदा सयौं यात्रुले दु:ख पाएका छन । यात्रुहरू पहिरो गएको ठाउँमा पैदल हिडेर गन्तव्यमा पुग्ने गरेका छन । कतिपयले बैकल्पिक रुपमा देबिस्थान- मुर्कुटी दाङ र खलंगा- अर्घाखाँची- गोरुसिंहेको बाटो प्रयोग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *