> समाज > बाग्दुला ठुलावेशी बाटो मर्मत हुने


बाग्दुला ठुलावेशी बाटो मर्मत हुने

प्यूठान, २ असोज । बाग्दुला मच्छी ठुलावेशी सडक मर्मत हुने भएको छ ।

लामो समयसम्म मर्मत नहुँदा यातायात साधन सञ्चालनमा समस्या भएपछि बाटो मर्मत गर्न लागिएको हो ।

बाग्दुला भिमगिठे सडक निर्माणका लागि टेण्डर हुन समय लाग्ने भएकाले गाउपालिका पहुचमार्ग शिर्षक अन्तरगत बाग्दुलादेखि ठूलावेशीसम्मको मोटरबाटो मर्मत गर्ने तयारी भैरहेको पूर्वाधार विकास कार्यालय, रोल्पाका प्रमुख नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
झिमरुक र गौमुखी गाउपालिका पहुच मार्गको लागि १ करोड रुपैयाँ बिनियोजन छ ।

बाग्दुला भिमगिठे सडक निर्माण हुने भन्दै लामो समयदेखि उक्त क्षेत्रमा सडक मर्मत हुन सकेको थिएन । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भौतिक योजनामन्त्री वसन्त नेम्वाङसँग भेट गरि उक्त बाटो मर्मतका लागि माग गर्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भौतिक योजनामन्त्री वसन्त नेम्वाङसँग भेट गरि उक्त सडक टेन्डर पुनः गराउनु ध्यानाकर्षण गराउनु भएको उहाँको सचिवालयले जनाएको छ ।

बाग्दुला भिमगिठे सडक निर्माण हुने भन्दै लामो समयदेखि उक्त क्षेत्रमा सडक मर्मत हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *