> समाज > प्यूठानमा ६ महिनामा ७० आत्महत्याका घटना


प्यूठानमा ६ महिनामा ७० आत्महत्याका घटना

प्यूठान, ७ माघ । प्यूठानमा आत्महत्याको घटना बढ्दै गरेको पाइएको छ । विगतका वर्षको तुलनामा यस चालु आर्थिक वर्षमा आत्महत्याको घटना बढेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७० जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो । यो संख्या आ.व ०७६/०७७ र २०७५/७६ को संख्या भन्दा धेरै हो । पारिवारीक कलह, मादक पदार्थ सेवन, बेरोजगार, मानसिक तनाव, गरीवी, प्रेममा धोका लगायतका कारणले आत्महत्याका घटना बढेको पाइएको छ । उहाँले भन्नुभयो “आत्महत्या रोकथामका लागि प्यूठान प्रहरीले चेतनामुलक कार्यक्रम, मनोपरामर्श, भिडियो प्रर्दशनी लगायतका कार्यक्रम गर्दै आएको छ ।” १६ देखी २५ वर्ष र ३६ देखी ४५ वर्ष उमेर समुहका व्यक्तिले बढी आत्महत्या गरेको तथ्याङ्क छ ।

 

आ.व २०७५/७६ मा ६८ र आ.व ०७६/०७७ मा ६३ आत्महत्याको तथ्याङ्क रहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *