> समाज > भारतमा बेखर्ची भएकालाई रकम पुग्यो


भारतमा बेखर्ची भएकालाई रकम पुग्यो

महेश थापा
प्यूठान, २२ बैशाख ।
भारतमा बेखर्ची भएर अलपत्र परेका व्यक्तिलाई राहत रकम उपलब्ध भएको छ । वैज्ञानिक महावीर पुनको सहजीकरणमा उनीहरुलाई नौबहिनी गाउँपालिकाले राहत उपलब्ध गराएको हो । बैंगलोरमा एबस्ने गुल्मीका दिपक पन्त मार्फत रकम उनीहरुमाझ उपलब्ध भइसकेको पुनले जानकारी दिनुभयो ।

उनीहरुलाई एक लाख २० हजार भारतीय रुपियाँ पठाइएको छ । उनीहरुलाई तत्काल नेपाल ल्याउन नसकिएपनि उनीहरु बसिरहेको ठाउँमा राहत उपलब्ध गराउने पालिकाले निर्णय गरेको हो । उक्त विषयमा महावीर पुनले जानकारी गराएपछि पालिकाले प्रति व्यक्ति भारु दुई सय रुपियाँ उपलब्ध गराउने जनाएको छ । १५ दिनका लागि प्रति व्यक्ति दुई सय रुपियाँ भारतीय रुपियाँ उपलब्ध गराउने अध्यक्ष शिव प्रसाद रिजालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

भारतमा बेखर्ची भएकालाई पालिकाले राहत दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *