> समाज > झिमरुक नदिमा मृत शिशु फेला


झिमरुक नदिमा मृत शिशु फेला

प्यूठान, २१ बैशाख ।
ऐरावती गाउँपालिका १ माझिदमार गाउँ नजिक झिमरुक नदि किनारमा शिशुको शव भेटिएको छ । नदिसँग जोडिएको कुलोको छेउमा शिशुको शव फेला परेको हो । शिशुको शव पानी माथि तैरिरहेको देखे पछि आईतबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त शिशु ४–५ दिनको जस्तो देखिने प्रहरी चौकी दाङबाङका प्रहरी इन्चार्ज जवुलाल जिसी बताउनुभयो । घटनाबारे थप अनुसन्धानका लागि जिल्लबाट प्रहरीको टोली घटनास्थल तर्फ गएको प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *