> सम-सामायिक > भारतमा बेखर्ची भएकालाई पालिकाले राहत दिने


भारतमा बेखर्ची भएकालाई पालिकाले राहत दिने

महेश थापा
प्यूठान, २२ बैशाख ।
भारतमा बेखर्ची भएर अलपत्र परेका आफ्ना नागरिकलाई नौबहिनी गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ । उनीहरुलाई तत्काल नेपाल ल्याउन नसकिएपनि उनीहरु बसिरहेको ठाउँमा राहत उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ ।

उक्त विषयमा महावीर पुनले जानकारी गराएपछि पालिकाले प्रति व्यक्ति भारु दुई सय रुपियाँ उपलब्ध गराउने जनाएको छ । १५ दिनका लागि प्रति व्यक्ति दुई सय रुपियाँ भारतीय रुपियाँ उपलब्ध गराउने अध्यक्ष शिव प्रसाद रिजालले जानकारी दिनुभयो ।

पालिकाका अन्य व्यक्ति समेत भारतका विभिन्न ठाउँमा अलपत्र परेको खवर आइरहेकाले कसरी सम्वोधन गर्ने विषयमा पालिकाको बैठकले थप निर्णय गर्ने पालिकाले जनाएको छ । कसरी उद्धार गर्न सकिन्छ भनेर थप छलफल भोलि बैठकमा गरिने प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

राहत रकम नेपालबाट हाल पठाउन सक्ने अवस्था नभएकाले भारतमै रहेका अन्य व्यक्तिको सम्पर्कबाट उपलब्ध गराउन लागिएको छ । त्यसका लागि महावीर पुनले सहजीकरण गर्न लाग्नुभएको छ । बैंगलोरमा बस्ने गुल्मीका दिपक पन्त मार्फत रकम उनीहरुमाझ उपलब्ध गराउन लागिएको महावीर पुनले जानकारी दिनुभयो । आजै पैसा पठाएर खान वस्नको व्यवस्था गर्ने गरि काम अघि बढेको पुनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

बेखर्ची भए भारतमा गएका प्यूठानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!