> समाज > राहत र सहयोग वितरणमा एकद्वार नीति उल्लंघन


राहत र सहयोग वितरणमा एकद्वार नीति उल्लंघन

सारी (प्यूठान), २८ चैत्र ।
कोरोना भाईरसको महामारीको यस समयमा राहत तथा सहयोग सामाग्री वितरण कार्यलाई सरकारले एकद्धार नीति अवलम्बन गरे पनि प्यूठानको सारीमा त्यसको वेवास्ता गर्दै सामाग्री वितरण गरेको पाईएको छ ।

नगरपालिका वा वडा कार्यालयको नीति विपरित सारीमा माक्स वितरण भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । एउटा माक्स वितरणले केहि फरक नपरे पनि यसले सरकारी नीतिको धंज्जी उडाएको उनीहरुको आरोप थियो । वितरकले गुणस्तरीय (एन ९५) माक्स प्रयोग गर्ने र पाउनेले कपडा माक्स पाउने गरेको स्थानीयले जानकारी दिएका छन् ।

नेपाल विद्यार्थी संघ प्यूठानका उपाध्यक्ष समेत रहनुभएका स्थानीय गिरबहादुर घर्तिले विभिन्न व्यक्तित्वहरुसँगको सहयोगमा माक्स वितरण गर्नुभएको थियो । नगरपालिका र वडासँग समन्वय गर्दा वितरण गर्न नपाईने थाहा भएकैले समन्वय नगरेको स्थानीय गिरबहादुर घर्तिले बताउनुभयो । ‘सहयोग नगरपालिकालाई गर्ने भन्ने थियो खाद्यान्न मात्र होइन भन्ने पहिलो बुझाई त्यस्ते थियो ।’ ,उहाँले भन्नुभयो, ‘आफुले चाहेको क्षेत्र र व्यक्तिलाई दिन नमिल्ने भएपछि आफुसुखी वितरण गरेको हँु ।’

स्वर्गद्धारी नगरपालिका तथा वडा कार्यालयसँग समन्वय नगरी माक्स वितरण भएको स्विकार गर्दै त्यहाँका वडा अध्यक्ष हिरामणि भण्डारी यसो नगर्न सुझाव दिएको उल्लेख गर्नुभयो । ‘नगरपालिकाले विभिन्न सहयोगदाताले प्रदान गरेको राहत तथा सहयोग सामाग्री संकलन तथा वितरण गरिरहेको छ ।’, वडा अध्यक्ष भण्डारीले भन्नुभयो, ‘वास्तविक पीडितलाई अन्याय नहोस् भन्नका लागि एकद्धार नीति अनिवार्य छ ।’

बाँड्ने वा नबाँड्ने विषयमा छलफल हुँदा आफुले नबाँड्नै सुझाव दिएको स्थानीय लिलामणि रेग्मीले उल्लेख गर्नुभयो । जोकसैले आफुखुसी बाँड्दा भद्रगोल हुने र राहत सामाग्री एकैठाँऊ केन्द्रित पनि हुन सक्ने भएकाले अनिवार्य एकद्धार प्रणाली लागु हुनुपर्ने उहाँको प्रतिक्रिया थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *