सागर शर्मा
प्युठान , २६ असार । प्युठानमा कुटपिटबाट घाईते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घई भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने वर्ष ४६ को लेबर काम गर्ने बागविर बुढामगरको उपचारका क्रममा मृत्यु भएको हो ।
विहिवार साझ नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घई भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने वर्ष ३२ को लेबर काम गर्ने शरद थापा र बागविरबीच पैसाको लेनदेनको विषयलाई लिएर विवाद भएको थियो । विवादका क्रममा सरदले कुटपिट गरी बागविरलाई घाईते बनाएका थिए । घाईते बागविरलाई शुक्रबार राती ८ः ४० बजे उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याईएको थियो । उपचारका क्रममा बागविरको आज बिहान २ ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
बागविरको मृत्यु पश्चात प्रहरीले कुटपिट गर्ने शरदलाई तत्कालै प्रक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।
