प्यूठान । जिल्लाका १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिइने भएकोछ ।
राष्ट्रिय अभियानका रुपमा कक्षा ६ देखि १० सम्म अध्यानरत छात्रा र विद्यालय बहिर रहेका उमेर समुहका किशोरीहरुलाई खोप दिइनेछ ।
यहि माघ २२ गतेदेखि विद्यालयमा र स्वास्थ्य सस्थाबाट खोप दिने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । यस अभियानबाट जिल्लाका १५० विद्यालयका १३ हजार ५४६ जना विद्यालय स्तरका र २ सय १७ जना समुदाय स्तरका किशोरीहरु गरि १३ हजार ७६३ जनालाई खोप दिइने उहाले बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भि.)का कारण हुने गर्दछ । यसै भाइरका विरुद्ध खोप दिन लागिएको हो । यो भाइरस यौन सम्पर्कका माध्यमबाट सर्ने गर्दछ ।
नेपाल सरकार खोपसङ्गै समस्यामा परेकाहरुको पहिचान र उपचार गरि तीन तहको उपचार पद्धति अबलम्बन गरेको छ ।
