> समाज > अन्तर मावि लाेक गीत तथा नृत्य प्रतियाेगीता सम्पन्न


अन्तर मावि लाेक गीत तथा नृत्य प्रतियाेगीता सम्पन्न

प्युठान। ऐरावती गाउँपालिका वडा नम्वर ६ बिजुली स्थित जनता माध्यमिक बिद्यालयकाे आयाेजनामा पालिका स्तरीय अन्तर मा.वि लोक गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला स्तरीय जुनियर र युवा रेडक्रसको ३७ औं जिल्ला स्तरीय गोष्ठीको निर्णाय अनुसार विद्यालयले प्रतियाेगीता आयाेजना गरेकाे हो ।

 

प्रतियोगीतामा प्रथम धर्मोदय मावि जाबुने, द्वितीय जनकल्याण मावि रानीबास, तृतिय जनता मावि बिजुली र शान्त्वना मोति मावि बरौला भएको छ । विजेताले क्रमश २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपियाँ पुरस्कार पाएका छन् ।

 

कार्यक्रममा ऐरावतीमा रहेको ७ वटा माध्यमिक बिद्यालय मध्ये ६ वटा बिद्यालय सहभागी भएका थिए । सहभागी विद्यालयलाई प्रोत्साहन स्वरूप ५ सय रुपियाँका दरले प्रदान गरिएकाे थियाे ।

 

जनता माविका प्रधानाध्यापक खडानन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी ऐरावती उपशाखाका सभापति चन्द्र प्रसाद श्रेष्ठ रहनुभएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *