> समाज > प्यूठानका ५११ जनाको पीसीआर रिर्पोट आउन बाँकी


प्यूठानका ५११ जनाको पीसीआर रिर्पोट आउन बाँकी

प्यूठान, २४ जेठ । प्यूठानबाट स्वाव संकलन गरि पठाइएका मध्ये शनिबार विहानसम्म पाँच सय ११ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ । हालसम्म जिल्लाबाट छ सय ८४ जनाको पीसीआर जाँचका लागि स्वाव संकलन गरि विभिन्न प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्यूठानमा हालसम्म तीन जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्ति सवै स्वस्थ रहेका छन् । उनीहरु आइसोलुसनमा रहेका छन् ।
हाल पाँच हजार सात सय ६५ जना क्वारेन्टइनमा रहेका छन् । तीन हजार दुई सय ८६ जनाको आरडीटी परिक्षण गरिएको छ । त्यसमध्ये दुई सय १९ जनामा आरडीटी पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!