प्युठान । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा लगाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल प्युठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रममा नेता थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न परिचालित हुनुपर्ने बताउनुभयो ।
एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज थापाले युवा कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । “युवाको दृष्टिकोण सहि हुनुपर्छ, जब दृष्टिकोण सफा र सहि भएपछी युवाले भबिश्य निर्माण गर्न सक्छन ” उहाँले भन्नुभयो ।
उहाँले निर्वाचन जितेर ६४ वडामा एक पटक अनुहार नदेखाउने ब्यक्तिलाई गठबन्धनले झुटो प्रचार गरेर जनता झुक्याउने काम गरिरहेको बताउनुभयो । एमालेले जनतासंग गठबन्धन गरेर अघि बढेकाले जित सुनिश्चित भएको दावी गर्नुभयो ।
प्युठानमा गठबन्धनका कारण नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको मनमा चोट पुगेको भन्दै ती कार्यकर्ताको भावनाको सम्मान गर्ने बताउनुभयो । “नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको म सम्मान गर्दछु उहाहरुको मनको पनि सम्मान गर्दछु । प्युठानको भबिश्यको लागि उहाँहरुको मतको भावनाको सम्मान गरेर अगाडि बड्ने अठोट गर्दछु ।”
