प्यूठान । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले सवारी चालकलाई जातिय विभेद गरेको दलित सञ्जाल झिमरुकले आरोप लगाएको छ । पालिकाले भाडामा संचालन गरेको पीक अप सवारीका चालक रेशम सुनारलाई जातिय विभेद गरेको संजालले विज्ञप्ती मार्फत जनाएको छ ।
उपाध्यक्ष पोख्रेलले गाडीधनी झिमरुक गाउँपालिका–६ धंगेका हेमराज भट्टराईसँग सवारी चालक दलित भएकाले गाउँमा जान समस्या परेको भनेकोले जातिय विभेद भएको अध्यक्ष विनोद वि.क.द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सवारी चालक रेशम सुनारले भने प्रत्यक्ष रुपमा आफुलाई उपाध्यक्ष पोख्रेलले विभेद नगरेको बताउनुभएको छ । केहि महिना अघि साहुँसँग चालक दलित भएकाले फेर्नुपर्ने कुरा गर्नुभएकोले दलित समुदायले यसलाई विभेदका रुपमा लिएको उहाँले उल्लेख गर्नुभयो । ६ महिनादेखि आफु उपाध्यक्ष सँगसँगै काम गर्दा कहिले विभेदको अनुभव गर्न नपरेको उहाँको प्रतिक्रिया छ । “धेरै पटक उहाँकै घरमैसङ्गै खाना खाएको छु, सुतेको छु ।” ,चालक सुनारले भन्नुभयो, “कहिले बिभेदको महसुस नै भएन ।”
राजनीतिक प्रतिसोधका कारण झुट्टा आरोप लगाइएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रतिक्रिया दिनुभयो । आफुले चालकलाई कहिल्यै विभेद नगरेको उहाँले उल्लेख गर्नुभयो । पालिकाले सवारी भाडामा लिएको र सम्झौता अवधि सकिए पछि नविकरण नभएको भन्दै गाडिधनीले आफुलाई राजनीतिक आडमा आरोप लगाएको उहाँले बताउनुभयो ।
भिडियो सौजन्य : साहारा खबर