> राजनीति > गोविन्द पोख्रेलको प्रश्न : नेपालमा यूवा किन बस्दैनन ?


गोविन्द पोख्रेलको प्रश्न : नेपालमा यूवा किन बस्दैनन ?

प्यूठान । नेपाली कांग्रेसका नेता डाक्टर गोविन्दराज पोख्रेलले देशमा युवाहरु दिनप्रतिदिन विदेश पलायन हुन थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सहित राजनीतिक नेतृत्व नहुँदा मुलुकबाट लाखौं युवा वर्षेनी विदेशिन बाध्य भएको उहाँको भनाई छ ।

 

गठबन्धन दलले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै डाक्टर पोख्रेलले मुलुकको शिक्षा राम्रो नहुँदा युवाहरु बेरोजगार हुनुपरेको बताउनुभयो । नेपालमा थुप्रै रोजगारीको अवसर भएपनि त्यस खालको शिक्षा, ज्ञान नहुँदा भारतका व्यक्तिहरु नेपालमा आएर काम गर्ने गरेको उहाँको भनाई छ ।

 

राजनीतिलाई आर्थिक समुन्नती र सामाजिक शसक्तिकरणसँग जोडेर गर्नुपर्ने बताउँदै नीति र नेतृत्वको लागि मात्रै गरिने राजनीतिले मुलुकको विकास नहुने बताउनुभयो । जनप्रतिनिधिले पाँच वर्षसम्म ध्यान दिएर नीति, कानुनु बनाउनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिको सार्वजनिक रुपमा सार्वजनिक परिक्षण गर्नुपर्ने समेत उहाँको भनाई छ ।

 

यसैबीच, गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका रास्ट्रीय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई भोट नमाग्ने बताएका काङ्ग्रेस नेता डा.गोबिन्दराज पोख्रेलले पौडेललाई मत माग्नु भएको छ । मन्तव्यकाे अन्तिममा  नेता पोख्रेलले गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नुभएको हो । ०७४ को चुनावमा डाक्टर पोख्रेल पौडेलसंग पराजित हुनुभएको थियो ।